
काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपालले पनि केही ठाउँमा भारतको सीमा मिचेको जानकारी आफूले प्रधानमन्त्री बनेपछि पाएको बताएका छन्। आइतबार संसदमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा उनले लिपुलेक, लिम्पियाधुरा लगायतका सीमा विवाद समाधानका लागि सरकारले पहल गरिरहेको जानकारी दिँदै यस्तो टिप्पणी गरेका थिए।
प्रधानमन्त्रीको उक्त भनाइप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको छ। कांग्रेसकी प्रमुख सचेतक वासना थापाले नेपालले भारतको सीमा कहाँ–कहाँ मिचेको हो भन्ने स्पष्ट जानकारी सदनमा दिन माग गरिन्।
उनले यदि त्यसको प्रमाण वा विवरण दिन नसकिए प्रधानमन्त्रीको उक्त अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउनुपर्ने माग पनि गरिन्। यस विषयलाई लिएर संसदमा थप छलफल र बहस हुने सम्भावना देखिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे