
काठमाडौँ । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित भई सांसदहरूले उठाएका विभिन्न प्रश्नहरूको जवाफ दिएका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको विषयमा सरकारले भारतलाई कूटनीतिक नोट पठाइसकेको र यो समस्या वार्ता तथा कूटनीतिक माध्यमबाट समाधान गरिने उहाँले बताए। बेलायत र भारत दुवै पक्षसँग आवश्यक छलफल गरिने पनि उनको भनाइ थियो।
प्रधानमन्त्री शाहले नेपाललाई कम विकसित राष्ट्रबाट विकसित राष्ट्रतर्फ अघि बढाउन सरकार लागिपरेको बताउनुभयो। आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीले राम्रो शिक्षा पाउन कठिन हुने भएकाले उनीहरूलाई सहयोग गर्ने योजना सरकारको रहेको उनले जानकारी दिए।
सुकुम्बासी समस्याबारे बोल्दै उनले जोखिमपूर्ण नदी किनारमा बसिरहेका परिवारलाई सुरक्षित स्थानमा सारिएको र स्थायी समाधानका लागि काम भइरहेको बताए। “३५ वर्षमा समाधान नभएको समस्या ३५ मिनेटमा समाधान हुँदैन, तर समाधान अवश्य हुन्छ,” उनले भने।
भूमि विवादको विषयमा नेपाल र भारत दुवैले एकअर्काको भूमि अतिक्रमण गरेको भन्दै कूटनीतिक वार्ताबाट समाधान खोजिने उहाँले स्पष्ट पार्नुभयो। साथै, सहकारी पीडितहरूको रकम फिर्ता गराउने प्रक्रिया सुरु भइसकेको र बाँदर व्यवस्थापनको समस्यामा पनि सरकारले आवश्यक पहल गर्ने बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे