
काठमाडौँ । नेपाल बार एशोसिएशनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले गोलाप्रथा हटाएर प्रधानन्यायाधीशले नै मुद्दा तोक्ने व्यवस्था आएमा न्यायपालिकामा राजनीतिक प्रभाव बढ्ने चेतावनी दिनुभयो ।
उहाँले यस्तो परिवर्तन भए सशक्त आन्दोलन गर्ने पनि चेतावनी दिनुभयो । मिश्रले न्यायाधीश नियुक्ति प्रक्रियामाथि पनि प्रश्न उठाउँदै राजनीतिक प्रभावका कारण मनपर्ने व्यक्तिलाई जिम्मेवारी दिने अभ्यास बढेको आरोप लगाउनुभयो ।
उहाँका अनुसार सरकारविरुद्ध बोल्नेलाई ‘झोले’ भनेर आरोप लगाउने प्रवृत्ति बढेको छ, जसले वातावरण तनावपूर्ण बनाएको छ । उहाँले कानुन व्यवसायीले विवेक गुमाउन नहुने र न्यायपालिकालाई बलियो बनाउन सबैको भूमिका आवश्यक रहेको बताउनुभयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे