
पोखरा ।गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभा बैठक आज अपराह्न २ बजे बस्ने तय गरिएको छ । प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलका अनुसार आजको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि सैद्धान्तिक छलफल सुरु गर्ने प्रस्ताव पेश गरिनेछ । यस अधिवेशनलाई वर्षे अधिवेशनका रूपमा पनि लिइएको छ ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकार र मन्त्रिपरिषद्को सिफारिसमा जेठ ५ गते बजेट अधिवेशन आह्वान गर्नुभएको थियो । अब सुरु हुने अधिवेशनमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति, कार्यक्रम र बजेट प्रस्तुत गरिनेछ ।
यस अधिवेशनमा विकास योजना, बजेट बाँडफाँट, प्रदेशको आर्थिक अवस्था तथा विभिन्न जनसरोकारका विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ । प्रदेश सरकारले आगामी वर्षका प्राथमिकता र योजनाबारे प्रदेशसभामा आफ्नो धारणा सार्वजनिक गर्नेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे