
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले प्रधानमन्त्री बालेन शाहको संसद्प्रतिको व्यवहारमाथि प्रश्न उठाएका छन् । बिहीबार संसद् बैठकको विशेष समयमा बोल्दै उनले प्रधानमन्त्री शाह संसद्प्रति जिम्मेवार नभएको भन्दै व्यङ्ग्य गरेका हुन् ।
केसीले प्रधानमन्त्रीलाई “संसद्को अङ्ग हो कि होइन” भन्दै कटाक्ष गरे । उनले व्यङ्ग्य गर्दै प्रधानमन्त्री कुनै “टापुको सम्राट” जस्तो व्यवहार गरिरहेको जस्तो देखिएको टिप्पणी पनि गरे । उनका अनुसार प्रधानमन्त्रीले संसद्को भूमिका र उत्तरदायित्वलाई बेवास्ता गरिरहेका छन् ।
सांसद केसीले विपद् व्यवस्थापन र आउँदै गरेको मनसुनको तयारीमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । उनले प्रधानमन्त्री आफैँ गृहमन्त्री पनि भएकाले यो विषय अझ गम्भीर रूपमा लिनुपर्ने बताए ।
उनले सरकारलाई विपद् जोखिम कम गर्न समयमै तयारी गर्न आग्रह गरे । तर प्रधानमन्त्री संसद्मा उपस्थित भएर स्पष्ट जवाफ नदिएको भन्दै असन्तुष्टि जनाए । केसीका अनुसार यस्तो अवस्थामा सरकार र संसद्बीच समन्वय कमजोर देखिएको छ, जुन चिन्ताजनक विषय हो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे