
काठमाडौँ । अमेरिकाले क्युवाका पूर्वराष्ट्रपति राउल क्यास्ट्रोविरुद्ध कानुनी अभियोग दर्ता गर्ने तयारी गरिरहेको खबर आएको छ । ९४ वर्षीय क्यास्ट्रो सन् १९९६ मा भएको एक घटनासँग जोडिएका छन्, जतिबेला क्युवाले क्यास्ट्रो विरोधी समूह ‘ब्रदर्स टु द रेस्क्यु’का विमान खसालेको आरोप छ ।
अमेरिका र क्युवा बीच पहिले देखि नै सम्बन्ध तनावपूर्ण छ, र अहिले अमेरिकाले क्युवामाथि नाकाबन्दी पनि लगाएको छ, जसले गर्दा इन्धन अभाव जस्ता समस्या देखिएको छ ।रिपोर्ट अनुसार, ट्रम्प प्रशासनले क्युवामा सरकार परिवर्तनको दबाब बढाइरहेको छ। यसअघि उसले भेनेजुएलामा पनि सत्ता परिवर्तनको प्रयास गरेको बताइन्छ ।
सीआईए निर्देशकको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डलले हालै हाभानामा क्युवाली अधिकारीसँग भेट गरेको थियो । सो भेटमा सुधार भए १०० मिलियन डलर बराबरको मानवीय सहायता दिने प्रस्ताव पनि राखिएको थियो ।
क्यास्ट्रोविरुद्ध अभियोग दर्ता गर्न ग्रान्ड जुरीको स्वीकृति आवश्यक हुन्छ । यो कदमले अमेरिका–क्युवा सम्बन्ध झन् बिग्रन सक्ने अनुमान गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे