
काठमाडौँ । एभरेष्ट बैंकले कार्ड स्विच माइग्रेसन (Card Switch Migration) कार्य सञ्चालन गर्न लागेकाले कार्डसम्बन्धी विद्युतीय भुक्तानी सेवाहरू अस्थायी रूपमा अवरुद्ध हुने जानकारी दिएको छ । बैंकका अनुसार प्रणाली स्तरोन्नति तथा प्रविधि सुधार कार्यका क्रममा विभिन्न कार्ड सेवामा निर्धारित समयका लागि अवरोध हुने भएको हो ।
जारी सूचनाअनुसार क्रेडिट तथा प्रिपेड कार्ड सम्बन्धी सम्पूर्ण सेवा, साथै डेबिट कार्ड, एटीएम र POS सेवा प्रभावित हुनेछन् । उक्त सेवा २०८३ जेठ १७ गते आइतबार बिहान ०६:०० बजेदेखि २०८३ जेठ १८ गते सोमबार राति ११:४५ बजेसम्म बन्द रहनेछ ।
त्यसैगरी, केही कार्ड सम्बन्धी सेवाहरू २०८३ जेठ १७ गते आइतबार बिहान ०६:०० बजेदेखि सोही दिन राति १०:०० बजेसम्म मात्र प्रभावित हुने बैंकले जनाएको छ ।
बैंकले सेवा अवरुद्धका कारण ग्राहक महानुभावहरूमा पर्न जाने असुविधाप्रति क्षमाप्रार्थी रहेको उल्लेख गर्दै आवश्यक सहयोग तथा थप जानकारीका लागि नजिकैको शाखा वा ग्राहक सेवा केन्द्र (01-5970118) मा सम्पर्क गर्न आग्रह गरेको छ ।
ग्राहकहरूले २४ घण्टा सञ्चालनमा रहेको कस्टमर केयर सेवा नम्बर 16600171718 वा 18102171718 तथा ईमेल [email protected] मार्फत पनि जानकारी लिन सक्ने बैंकले जनाएको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे