
काठमाडौँ । सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको ९७ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार निधन भएको हो, जसको जानकारी सर्वोच्च अदालत प्रशासनले दिएको छ ।
उनको निधनपछि सर्वोच्च अदालतले शोक व्यक्त गर्दै आज अदालतका इजलास (सुनुवाइ हुने कोठा) सञ्चालन नहुने निर्णय गरेको छ । प्रशासनले सूचना जारी गर्दै पूर्व न्यायाधीश प्रधानको निधनप्रति सम्मानस्वरूप काम रोकिएको जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे