
काठमाडौँ । भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) बाल अस्पतालका लागि ७१ करोड रुपैयाँभन्दा बढी सहयोग गरेका छन् । यो रकम अस्पतालको पश्चिम ब्लक भवन निर्माणका लागि प्रयोग गरिएको हो ।
अस्पतालको भवन निर्माण अन्तिम चरणमा पुगेको भए पनि पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही उपकरणको कमी रहेको बताइएको छ । विशेष गरी एमआरआई र सिटी स्क्यान मेसिन नहुँदा अस्पतालले पूर्ण सेवा दिन सकेको छैन ।
त्यस्ता महत्त्वपूर्ण उपकरण खरिदका लागि हालसम्म करिब २ करोड २४ लाख रुपैयाँभन्दा बढी सहयोग प्रतिबद्धता प्राप्त भएको अस्पतालले जनाएको छ । डा. भगवान कोइरालाको नेतृत्वमा देशका सातै प्रदेशमा सात वटा बाल अस्पताल बनाउने योजना छ । यी अस्पतालमार्फत जटिल रोग लागेका बालबालिकालाई नेपालमै विशेषज्ञ उपचार सेवा दिने लक्ष्य राखिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे