
बीमामा विश्वास बेचियो, समर्पण मूल्यमा साँचो भावनाको हिसाब !
बीमा कम्पनी हाँस्दै, ग्राहक रोएर बिमालेख बुझाउँदै !
काठमाडौँ । जीवन बीमा क्षेत्रमा समर्पण (सरेंडर) बिमालेखको संख्या तथा मूल्य दुवैमा वृद्धि भएको देखिएको छ । १४ जीवन बीमा कम्पनीबाट जारी बिमालेखमध्ये गत वर्ष १ लाख १३ हजार ९७६ बिमालेख समर्पण भएकोमा चालु वर्ष यो संख्या बढेर १ लाख ८ हजार २३८ पुगेको छ ।
समर्पण मूल्यको आधारमा पनि वृद्धि देखिएको छ । गत वर्ष समर्पण गरिएको बिमालेखको कुल मूल्य १४ अर्ब ५० करोड १३ लाख रुपैयाँ रहेकोमा चालु वर्ष ४.४९ प्रतिशतले वृद्धि भई १५ अर्ब १५ करोड २२ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी, व्यतीत (लैप्स) बिमालेखको संख्या पनि बढेको छ । गत वर्ष ११ लाख ५८ हजार २९९ व्यतीत बिमालेख रहेकोमा चालु वर्ष ७.३४ प्रतिशतले वृद्धि भई १२ लाख ४३ हजार ३६५ पुगेको छ । सोही अवधिमा व्यतीत बिमालेखको रकमसमेत २.८८ प्रतिशतले वृद्धि भई ३५ अर्ब १ करोड ७८ लाख रुपैयाँ पुगेको छ ।
बीमा क्षेत्रका यी सूचकहरूले नवीकरण दर घट्दै गएको र ग्राहकहरू बिमालेख कायम राख्न असमर्थ वा अनिच्छुक हुँदै गएको संकेत गरेको देखिन्छ । यस अवस्थाले बीमा बजारमा दीर्घकालीन स्थायित्व र ग्राहक विश्वासमा चुनौती थपिएको भन्दै नियामक निकायले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
बीमा प्राधिकरणले बिमालेख समर्पण दर वृद्धि हुनुका कारण पहिचान गरी उपयुक्त नीतिगत तथा व्यवस्थापकीय सुधारमार्फत समस्या समाधान गर्नुपर्ने सुझाव दिइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे