
काठमाडौँ । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले आजैदेखि लागू हुने गरी पद छोडेको जानकारी दिएका हुन्।
उनले राष्ट्रपति रामचन्द्र पौडेललाई राजीनामा बुझाएका थिए, जसलाई राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको छ। कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार उनको राजीनामा स्वीकृत भएको जानकारी पनि आएको छ।
सरकारले हाल विभिन्न संवैधानिक आयोग र सार्वजनिक निकायका पदाधिकारीहरूलाई मार्ग प्रशस्त गर्न आग्रह गरिरहेको पृष्ठभूमिमा यो राजीनामा आएको बताइएको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे