
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनामा माग्नु उचित नभएको बताएका छन्। उनले हर्क साम्पाङले प्रधानमन्त्रीको राजीनामा माग्दै दिएको विज्ञप्तिपछि प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।
शाहीका अनुसार प्रधानमन्त्रीको राजीनामा माग्ने कुनै ठोस कारण छैन। उनले सामाजिक सञ्जालमार्फत भनेका छन् कि विगत ३५ वर्षदेखि देशमा भ्रष्टाचार र गलत शासन गर्ने शक्तिहरू विरुद्ध जनताले मत दिएर अहिलेको नेतृत्व चुनेका हुन्, त्यसैले जनताको मत र निर्णयको सम्मान गर्नुपर्ने हुन्छ।
उनले सबै मिलेर देशलाई अघि बढाउनुपर्ने पनि बताएका छन्। साथै प्रधानमन्त्रीले प्रजातान्त्रिक रूपमा काम गर्नुपर्ने र संसदप्रति उत्तरदायी हुनुपर्ने उनको भनाइ छ। संसद नै जनताको आवाज उठाउने र सरकारलाई जवाफदेही बनाउने मुख्य थलो भएको उनले उल्लेख गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे