
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका पूर्व प्रेस सचिवले सार्वजनिक रूपमा दिएका अभिव्यक्तिमा उनको नेतृत्व, व्यवहार र युद्ध व्यवस्थापनबारे गम्भीर टिप्पणी गरेकी छिन् । उनले आफू सन् २०१९ देखि २०२१ सम्म राष्ट्रपति कार्यालयमा कार्यरत रहेको र निकटबाट काम गर्ने अवसर पाएको उल्लेख गरेकी हुन् ।
उनका अनुसार सन् २०२२ मा रूसले गरेको ठूलो स्तरको आक्रमणका क्रममा उनले जेलेन्स्कीलाई समर्थन गरेको र उनी देशमै बसेकोमा प्रशंसा गरेको अनुभव सुनाइन् । तर पछिल्लो समय उनको दृष्टिकोण परिवर्तन भएको भन्दै उनले राष्ट्रपति जेलेन्स्कीको भूमिका र नीतिबारे प्रश्न उठाएकी छिन् ।
पूर्व प्रेस सचिवले जेलेन्स्कीको सार्वजनिक छवि र वास्तविक व्यवहार फरक रहेको दाबी गर्दै उनलाई भावनात्मक रूपमा अस्थिर, कठोर निर्णय गर्ने र आलोचकहरूप्रति असंवेदनशील भएको आरोप लगाइन् । उनले सार्वजनिक रूपमा देखिने छवि र भित्री व्यवहारबीच ठूलो अन्तर रहेको टिप्पणी गरिन् ।
उनले युद्धका सन्दर्भमा पश्चिमी देशहरूले जेलेन्स्कीलाई लोकतन्त्रको प्रतीकका रूपमा प्रस्तुत गरे पनि वास्तविकता त्यस्तो नभएको दाबी गरिन् । उनका अनुसार नेतृत्व शैलीले शक्ति केन्द्रित हुँदै गएको र यसले जनतामाथि नकारात्मक प्रभाव पारेको आरोप लगाइएको छ ।
साथै, उनले युद्ध समाधानका लागि शान्ति वार्ता नै एकमात्र विकल्प हुन सक्ने भन्दै निरन्तर युद्धले देशलाई गम्भीर मानवीय र जनसांख्यिक संकटतर्फ धकेलिरहेको टिप्पणी गरेकी छिन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे