
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ लामबगरमा विद्युतीय गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको बा।प्र।०१–०३३ च ५२५८ नम्बरको गाडी गएराति करिब ११ बजे ब्रेक फेल भएर सडक किनारको भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ ।
गाडीमा चालकसहित ११ जना सवार थिए । तीमध्ये ९ जना भारतीय र २ जना नेपाली नागरिक रहेका थिए । दुर्घटनामा अधिकांश यात्रु घाइते भएका छन् । घाइते हुनेमा भारतको बिहार राज्यका विभिन्न स्थानका यात्रु रहेका छन् ।
प्रहरीका अनुसार चालक धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ का ३० वर्षीय पिन्टु सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अर्का नेपाली नागरिक २२ वर्षीय असान साफी उपचारपछि घर फर्किएका छन् ।
अन्य घाइते भारतीय नागरिकहरूको ललितपुरस्थित अल्का अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे