
काठमाडौं । नेकपा एमाले संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य पद्मा अर्याल मनोनीत भएकी छन् ।
एमाले दलका नेता रामबहादुर थापा बादलले उपनेतामा पद्मा अर्याललाई मनोनयन गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए । यसअघि दलको प्रमुख सचेतकमा ऐन महर र सचेतकमा नीता घतानी मनोनीत भएका थिए । उनले भने , ‘पार्टी संसदीय दल विधानमा संसदीय दल नेताले उपनेता तोक्ने व्यवस्था छ, सोहीअनुसार संसदीय दल नेताले उपनेता मनोनीत गर्नुभएको हो ’ ।
अर्याल एमाले केन्द्रीय सचिव समेत हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे