
काठमाडौं । रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलले रिलायबल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘रिलायबल समृद्धि योजना–२’ नामक बन्दमुखी योजनाको इकाइ निष्कासन तथा बिक्री प्रक्रिया सुरु गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि योजनाको इकाइ आवेदन खुला गरेको जनाएको छ ।
कम्पनीका अनुसार सामूहिक लगानी योजनाको कुल आकार एक अर्ब रुपैयाँ निर्धारण गरिएको छ । योजनाअन्तर्गत प्रतिइकाइ १० रुपैयाँ दरका १० करोड इकाइ निष्कासन गरिएको जनाइएको छ । निष्कासित कुल इकाइमध्ये कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका लागि १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाइ सुरक्षित गरिएको छ भने योजना व्यवस्थापक रिलायबल क्यापिटलका लागि १ प्रतिशत अर्थात् १० लाख इकाइ छुट्याइएको छ ।
बाँकी ८ करोड ५० लाख इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । योजनामा न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
कम्पनीका अनुसार छिटोमा जेठ १ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्कासन अवधि जेठ १२ गतेसम्म लम्ब्याइने जनाइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे