
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गरेको छ । यो नीति तथा कार्यक्रम आजै संघीय संसद्मा प्रस्तुत हुने भएको छ । आज अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठक बस्नेछ । सो बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
त्यसअघि बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त नीति तथा कार्यक्रमलाई औपचारिक रूपमा स्वीकृति दिएको हो । यससँगै सरकारको आगामी वर्षका योजना, प्राथमिकता र कार्यक्रमहरू आज संसद्मा सार्वजनिक हुनेछन् र त्यसपछि बजेट प्रक्रिया अघि बढ्नेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे