
काठमाडौँ । इस्तानबुलबाट–काठमाडौं आएको टर्किस एयरलाइन्स अवतरणका क्रममा मुख्य पांग्रामा अचानक आगो देखिएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ। आज बिहान टर्कीको इस्तानबुलबाट आएको टिके ७२६ नम्बरको विमानको अवतरण गर्ने क्रममा चक्कामा आगलागी भएको थियो। सोमबार बिहान ६ः३६ बजे इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको टिके–७२६ कल साइन भएको जहाजको चक्कामा आगो देखिएको थियो।
आगो देखिनासाथ दमकल प्रयोग गरेर नियन्त्रणमा लिएको उनले बताए। जहाजमा २७७ यात्रु सवार थिए। उनीहरूलाई आपतकालीन ढोका प्रयोग गरेर उद्धार गरिएको थियो। बिहान ८ः३० बजे एयर इन्डिया र ८ः३५ बजे फ्लाइ दुवई अवतरण गरिसकेका छन् भने केही विमानले उडान पनि भरिसकेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे