
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज साँझ बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार बैठक पार्टीको केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा साँझ ६ बजेका लागि तय गरिएको छ ।
पार्टीका प्रवक्ता मनिष झाले बैठकमा संगठन विस्तार, भेला तथा अधिवेशनको विशेष तालिका, आयोग तथा विभागका पदाधिकारी मनोनयनलगायतका विषयमा छलफल हुने जानकारी दिएका छन् ।
बैठकको कार्यसूचीमा जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही तथा आगामी केन्द्रीय समिति बैठकको तयारीसम्बन्धी विषय पनि समावेश गरिएको छ । पार्टीभित्रको संगठनात्मक संरचना थप व्यवस्थित र सक्रिय बनाउने उद्देश्यले सचिवालय बैठक बोलाइएको जनाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पछिल्लो समय संगठन सुदृढीकरण, आन्तरिक व्यवस्थापन तथा राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने तयारीलाई तीव्र बनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे