
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा पार्टीबाट निर्वाचित सांसदहरूका लागि दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । पार्टीका सांसदहरूलाई संसदीय भूमिका, नीति तथा समसामयिक विषयमा प्रशिक्षण दिन लागिएको हो ।
पार्टीका प्रशिक्षण विभाग प्रमुख विपिनकुमार आचार्यका अनुसार आजदेखि सुरु भएको प्रशिक्षण कार्यक्रम दुई दिनसम्म सञ्चालन हुनेछ । प्रशिक्षण सिंहदरबारस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय कार्यालयमा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरिने जनाइएको छ ।
कार्यक्रममा प्रतिनिधिसभामा पार्टीको प्रतिनिधित्व गर्ने सांसदहरूलाई विविध विषयमा जानकारी तथा अभिमुखीकरण गराइने बताइएको छ । पार्टीले सबै सांसदलाई प्रशिक्षण कार्यक्रममा अनिवार्य रूपमा सहभागी हुन निर्देशन दिएको जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय गतिविधिलाई थप प्रभावकारी, व्यवस्थित र नीतिमुखी बनाउन प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे