• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८२ फागुन २७, बुधबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सार्वजनिक खरिद, परामर्श, सफ्टवेयर,आयोजना र वित्तीय व्यवस्थापनमा अनियमितता

९ मिनेट अघि
२

घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन

१६ घण्टा अघि
३

वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

१७ घण्टा अघि
४

अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

१९ घण्टा अघि
५

चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ

१९ घण्टा अघि
६

भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई

२0 घण्टा अघि
७

स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च

२0 घण्टा अघि
८

पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी

२१ घण्टा अघि
९

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट

२१ घण्टा अघि
१०

रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?

२१ घण्टा अघि
११

श्रमदानमार्फत दार्चुलामा तुइन हटाएर झोलुङ्गे पुल निर्माण गर्ने हर्क साम्पाङको घोषणा

२२ घण्टा अघि
१२

वायु प्रदूषण बढ्दै: काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर

२२ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

१ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
८

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

८ महिना अघि
९

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
१०

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

६ महिना अघि
११

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
१२

कर्जा नीति लचिलो बनाउने संकेत, बैंकिङ भ्रष्टाचारमा कडा चेतावनी

२ महिना अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ चैत्र ६, आईतबार (३ साल अघि)

नेपालमा नर्सको तलब, खाजा खर्च र बसभाडा पनि पुग्दैन,नर्सिङ अध्ययन पछि विदेश पलायान

Nursing and Medicine

  • 3,023 Views
  • काठमाडौँ,  ६  चैत । काठमाडौँ चाबहिलकी तुलसा जोशीले सात वर्षअघि बीएस्सी नर्सिङ पूरा त गर्नुभयो तर भनेजस्तो काम पाउनुभएन । भक्तपुरको ठिमीस्थित एक अस्पतालले दुई/तीन महिना काम गरेपछि बल्ल सात हजार रुपियाँ दियो । उहाँको बीएस्सी नर्सिङ अध्ययन गर्दा पढाइ खर्च नै १२ लाखभन्दा बढी भइसकेको थियो । पाएको तलबले खाजा खर्च र बसभाडा पनि नपुग्ने स्थिति थियो । लोकसेवाले पनि सरकारी अस्पतालका लागि विज्ञापन गरेकै थिएन ।

    तुलसा एक वर्षको तयारीपछि बेलायत जानुभयो । त्यहाँको कमाइले उहाँ अहिले सन्तुष्ट हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नेपालमै राम्रो जागिर भएको भए विदेश आउनुपर्ने थिएन ।”उहाँमात्र होइन, सुविना कालाखेतीले नर्सिङ पेसा धेरै राम्रो भन्ने सोचेर पढ्न थाल्नुभयो । खर्च कति लाग्ने थाहै नभई अध्ययन गर्नुभएकी सुविनालाई नाम निकालेपछि मात्र कलेजलाई शुल्कमात्र छ/सात लाख रुपियाँ बुझाउनुपर्ने थाहा भयो । सुविनाले भन्नुभयो, “यति महँगो पढाइ हुन्छ भन्ने थाहा पाएको भए पढ्दिनथेँ ।”

    जेनतेन गत वर्षमात्र प्रमाणपत्र तहमा नर्सिङ अध्ययन सक्नुभएकी सुविनाले पढाइ सकेर काम पाउनुभएन । जागिर नपाएपछि कुनै अस्पतालमा काम गरेको अनुभवपत्र बनाएर बिदेसिनुभएको उहाँ अहिले अस्ट्रेलियामा हुनुहुन्छ । सुविनाले भन्नुभयो, “सुरुमा धेरै गाह्रो छ । पछि सहज होला भनेर सङ्घर्ष गरिरहेकी छु ।” आठ वर्षअघि आर्मी मेडिकल कलेजबाट बीएस्सी नर्सिङ पास गर्नुभएकी गोङ्गबुकी रेश्मा लोहनीले आफन्तको चिनजानका आधारमा तीनकुनेका एक अस्पतालमा काम गर्न थाल्नुभयो तर सुरुमा बेतलबी काम गरेको केही समयपछि मात्र मासिक आठ हजार बनाइदिएको थियो । चित्त नबुझेर लोहनी अस्ट्रेलिया जानुभयो ।

    उहाँले काम गर्दै नर्सिङमा स्नातकोत्तर सकिसक्नुभयो । अस्ट्रेलियाको पीआर लिइसक्नुभएकी लोहनी नेपाल आउने सोचमा हुनुहुन्न । उहाँ भन्नुहुन्छ, “मेरो नेपाल आउने सोच छैन । किनभने नेपालमा नर्सलाई रोजगारी पाउनै मुस्किल पर्छ ।”

    तुलसा, सुविना र रेश्मा त प्रतिनिधि हुन् । नेपालमा लाखौँ खर्च गरेर नर्सिङ शिक्षा अध्ययन गरे पनि रोजगारी नपाउने नर्स धेरै छन् । ती सबै नर्स विदेश पलायन भइरहेका वा हुनेक्रममा छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख गोमादेवी निरौलाले नेपालमा नर्सलाई रोजगारीको अवसर नभएकै कारण हजारौँ नर्स बिदेसिन बाध्य भएको बताउनुभयो ।

    विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा बिरामी र नर्सको अनुपात मिल्न सकेको छैन । जनरल वार्डमा नेपालमा नर्स र बिरामीको अनुपात एक नर्सबराबर छ जना बिरामी हुनुपर्ने हो । तर, नेपालमा एकजना बिरामीले ३० देखि ४० जनासम्म बिरामी हेर्नुपर्छ । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार आईसीयूमा एक नर्सबराबर एकजना बिरामी हेर्नुपर्छ ।

    नेपालमा एकजना नर्सले पाँचदेखि १० जनासम्म आईसीयूका बिरामी हेर्नुपर्ने स्थिति छ । नर्स र बिरामीको अनुपात नमिल्दा बिरामीलाई उचित स्याहार तथा हेरचाह गर्न नसकिने हुन्छ । सुत्केरी गराउने ठाउँमा एकजना बिरामीबराबर दुईजना नर्स चाहिनुपर्नेमा त्यहाँ एकजना नर्सले धेरैजना बिरामी हेर्नुपरेको नर्सिङ महाशाखा प्रमुख निरौलाको भनाइ छ । नेपालमा कति नर्स बिदेसिएका छन् भन्ने कुनै तथ्याङ्क छैन । नर्सिङ महाशाखा प्रमुख निरौलाले बिदेसिएका नर्सको कुनै तथ्याङ्क नहुने बताउनुभयो ।

    उहाँले नर्सको सही तथ्याङ्क निकाल्ने प्रयासमा नर्सिङ महाशाखा लागिपरेको बताउनुभयो । नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका अनुसार सरकारी सेवामा स्टाफ नर्स एक हजार छ सय जना छन् । यस्तै, नर्सिङ अधिकृत १०९ जना, अनमी आठ हजार पाँच सय, सामुदायिक नर्सिङ अधिकृत २८, नर्सिङ प्रशासक ३९ र प्रमुख नर्सिङ अधिकृत चार जना छन् । नर्स र बिरामीको अनुपातमा नर्स राख्ने हो भने नेपालमा अझै हजारौँ नर्स आवश्यक हुन्छ ।
    नर्सिङ सङ्घ नेपालकी कोषाध्यक्ष कल्पना श्रेष्ठले नेपालमा नर्सिङ अध्ययन निकै महँगो रहेको रोजगारी नपाउने र पाउँदा पनि खर्च नउठ्ने भएपछि विदेश जाने नर्स बढ्दै गएको बताउनुभयो । उहाँले सरकारले नर्स र बिरामीको अनुपातमा नर्सिङ जनशक्ति थप गर्नुपर्ने भन्दै पछिल्लो समय स्थानीय तह तथा प्रदेशले राख्ने नर्सहरू पनि सेवा करारमा मात्र राख्ने गरेको गुनासो गर्नुभयो । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सार्वजनिक खरिद, परामर्श, सफ्टवेयर,आयोजना र वित्तीय व्यवस्थापनमा अनियमितता
    ९ मिनेट अघि

  • २

    घरायसी उपभोक्तालाई प्राथमिकता दिन आयल निगमको निर्देशन
    १६ घण्टा अघि

  • ३

    वायु प्रदूषण बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
    १७ घण्टा अघि

  • ४

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता
    १९ घण्टा अघि

  • ५

    चुनावको परिणामपछि पनि उज्यालो नेपालले अघि बढ्छ:कुलमान घिसिङ
    १९ घण्टा अघि

  • ६

    भुटान र बंगलादेशका प्रधानमन्त्रीले दिए रवि र बालेनलाई बधाई
    २0 घण्टा अघि

  • ७

    स्थानीय तहले दोहोरो भत्ता वितरण गर्दै करोडौंको खर्च
    २0 घण्टा अघि

  • ८

    पर्वतारोहण रोयल्टी सङ्कलनमा नेपाल पर्वतारोहण सङ्घको जिम्मेवारी
    २१ घण्टा अघि

  • ९

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट
    २१ घण्टा अघि

  • १०

    रास्वपाले समानुपातिकमा कटायो ५० लाख मत ,अन्य दलको कति?
    २१ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    देशभर ६० प्रतिशत मतदान

    नेपाल नक्सा
    २

    सार्वजनिक खरिदमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न पहल आवश्यक

    नेपाल नक्सा
    ३

    मतगणनामा नयाँ राजनीतिक संकेत: रास्वपाको अग्रता, बालेन झापा–५ मा अगाडि

    नेपाल नक्सा
    ४

    प्रत्यक्षतर्फको मत परिणाम एक दिनमै सार्वजनिक गर्ने तयारी

    नेपाल नक्सा
    ५

    देशभर मतगणना जारी: रास्वपा अघि, अन्य दल प्रतिस्पर्धामा

    नेपाल नक्सा
    ६

    काठमाडौं ६ बाट शिशिर खनाल र ८ बाट विराजभक्त श्रेष्ठ विजयी

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution