
काठमाडौँ । स्मार्ट टेलिकमका पूर्व प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई ठगी र विश्वासघातसम्बन्धी आरोपमा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार जोशीलाई सोमबार काठमाडौं महानगरपालिका–२ खुर्सानीटारबाट पक्राउ गरिएको हो। स्मार्ट टेलिकमको अनुमति पत्र समयमै नवीकरण नगरेका कारण २०८० वैशाख ३ गते स्वतः खारेज भएको थियो।
यस घटनासँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे