
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छान्ने प्रक्रिया सुधार्न काम सुरु गरेको छ। पार्टीले यसपटक उम्मेदवार छनोटलाई पारदर्शी, समावेशी र योग्यतामा आधारित बनाउने लक्ष्य राखेको छ।
यसका लागि पार्टीले देशभरका आफ्ना निर्वाचन क्षेत्र समितिहरूबाट सुझाव मागेको छ। वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकले विपिनकुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय समिति बनाएको थियो।
त्यसपछि वैशाख १४ गतेको बैठकले सबै क्षेत्रबाट व्यवहारिक र कार्यान्वयन गर्न मिल्ने सुझाव संकलन गर्ने निर्णय गरेको हो। रास्वपाले अघिल्लो निर्वाचनको अनुभवका आधारमा यसपटक उम्मेदवार छनोट प्रक्रिया अझ राम्रो, विश्वासिलो र जनमुखी बनाउने तयारी गरेको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे