
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने निर्णय गरेको छ। उनलाई सर्वसम्मत रूपमा दलको नेता बनाउने निर्णय गरिएको हो।
अब यो निर्णय संसदीय दलको बैठकबाट औपचारिक रूपमा अनुमोदन गरिनेछ। आङ्देम्बे समानुपातिक सांसद हुन्। यसअघि अर्जुननरसिंह केसी र मोहन आचार्य पनि प्रमुख दाबेदार थिए। तर पार्टीभित्र एकताको सन्देश दिन आङ्देम्बेलाई अघि सारिएको हो।
उनी देउवा पक्षका सहमहामन्त्री पनि हुन्। केही नेताहरूले पार्टी एकताका लागि उनलाई उपयुक्त ठानेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे