
काठमाडौं । मनोहरा खोला किनारस्थित सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन सुरु गरिएको छ । आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन सुरु गरिएको छ ।
प्रहरीको बाक्लो उपस्थितिका बीच उक्त क्षेत्रमा डोजर समेत पुगेको छ । आज उक्त बस्तीमा डोजर चलाउने तयारी छ । अवरोध पुर्याउनेलाई कानून अनुसार कारवाही गर्ने तयारीमा प्रहरी छ ।शनिबार काठमाडौं महानगरपालिकाले थापाथली र गैह्रीगाउँको सुकुमवासी बस्तीमा डोजलर लगाएको थियो ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे