
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले आफूबाट भएको व्यवहारप्रति माफी मागेका छन्। ओखलढुंगाको चण्डेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तबहादुर मगरलाई गेटमा स्वागत गर्न नआएको भन्दै उनले रिसाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनले स्पष्टीकरण दिएका हुन्। उनले विज्ञप्ति निकाल्दै सार्वजनिक जीवनमा अझ संयमित र जिम्मेवार हुनुपर्ने कुरा स्वीकार गरेका छन्।
आफ्नो बोली वा व्यवहारले कसैको आत्मसम्मानमा चोट पुगेको भए क्षमा चाहेका छन्। साथै, उनले भिडियो पूरा सन्दर्भबिना काटछाँट गरेर फैलाइएको दाबी पनि गरेका छन्। आफू जनताको सेवा गर्न राजनीतिमा आएको भन्दै आगामी दिनमा अझ सचेत रहने बताएका छन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे