
काठमाडौं। बागमती नदी किनारस्थित थापाथली क्षेत्रमा रहेको सुकुम्बासी बस्ती हटाउने कार्य सुरु गरिएको छ। सार्वजनिक जग्गा तथा नदी कोरिडोर अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउने सरकारी अभियान अन्तर्गत शनिबार उक्त क्षेत्रमा डोजर परिचालन गरिएको हो।
सम्भावित तनाव र झडपको अवस्थालाई ध्यानमा राख्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। यद्यपि, यस पटकको अवस्था विगतका तुलनामा शान्तिपूर्ण देखिएको छ।
स्थलमा खटिएका नेपाल प्रहरी तथा नगर प्रहरीका सुरक्षाकर्मीहरूले बस्तीवासीका सामानहरू सुरक्षित स्थानमा सार्न सहयोग गरिरहेका छन्। यसले बस्ती हटाउने कार्यलाई व्यवस्थित र सहजीकरण गर्न मद्दत पुगेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे