
काठमाडौँ । नेपाली सेना ले पछिल्ला दिनमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा सेना र नेतृत्वबारे प्रसारित भएका तथ्यहीन तथा भ्रामक सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाद्वारा जारी सूचनामा यस्ता कपोकल्पित सामग्रीहरूले आम नागरिकमा भ्रम सिर्जना गर्ने भएकाले त्यस्ता सामग्री प्रसारण नगर्न र नगराउन आग्रह गरिएको छ ।
सेनाले यस्ता उच्छृङ्खल तथा अराजक गतिविधिहरूको निरन्तर निगरानी भइरहेको उल्लेख गर्दै भ्रामक सूचना फैलाउने व्यक्तिहरू प्रचलित कानुनअनुसार कारबाहीको दायरामा आउने चेतावनी दिएको छ । साथै, सामाजिक सञ्जालमा फैलाइएका आधारहीन आरोप तथा द्वेषपूर्ण अभिव्यक्तिले संस्थागत छविमा नकारात्मक असर पार्ने भन्दै जिम्मेवार व्यवहार अपनाउन आग्रह गरिएको छ ।
नेपाली सेनाले आम नागरिकलाई यस्ता अप्रमाणित समाचार तथा टिप्पणीप्रति विश्वास नगर्न अनुरोध गर्दै आधिकारिक जानकारीका लागि सेनाबाट जारी हुने विज्ञप्ति, आधिकारिक माध्यम र सम्बन्धित निकायसँग समन्वय गर्न आग्रह गरेको छ ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे