
काठमाडौँ – काठमाडौँको थापाथली क्षेत्रमा सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णयको विरोधमा प्रदर्शन भइरहेको छ। स्थानीय बासिन्दा र विभिन्न समूहले सरकारविरुद्ध नारा लगाउँदै सडकमा उत्रिएका छन्। उनीहरूले “डोजर आतंक बन्द गर”, “सुकुम्बासीको बसोबासको अधिकार सुनिश्चित गर” जस्ता माग राखिरहेका छन्।
प्रदर्शनकारीहरूले रास्वपा सभापति रवि लामिछानेले पहिले सुकुम्बासीको पक्षमा बोलेको कुरा सम्झाउँदै अहिले किन चुप बसेको भन्दै प्रश्न उठाइरहेका छन्। उनीहरूले उनलाई वाचा पूरा गर्न पनि आग्रह गरेका छन्।
सरकारले थापाथली, शंखमूल, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती खाली गराउन सूचना दिइसकेको छ। त्यसपछि केही मानिसहरूले आफ्नो सामान सार्न थालेका छन् भने केहीले भने बस्ती नछोड्ने अडान लिएका छन्।
यसैबीच, विभिन्न समूहले थापाथलीदेखि माइतीघर मण्डलासम्म र्याली निकाल्ने तयारी गरेका छन्। सरकारले सुरक्षा निकायमार्फत बस्ती खाली गराउने तयारी गरेपछि तनाव बढेको देखिन्छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे