
काठमाडौँ – नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न आज निर्वाचन हुँदैछ। यही दिन उम्मेदवारी दर्ता र मतदान दुवै प्रक्रिया पूरा गरिनेछ। उम्मेदवारी दर्ता दिउँसो ३ बजेदेखि सुरु हुनेछ र त्यसपछि नामावली जाँच, दाबी–विरोध जस्ता प्रक्रिया पूरा गरेर अन्तिम उम्मेदवारको सूची सार्वजनिक गरिनेछ। मतदान भने बेलुका ५ बजेदेखि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा हुनेछ।
कांग्रेसबाट प्रतिनिधि सभामा कुल ३८ सांसद छन्, जसमा १८ जना प्रत्यक्ष र २० जना समानुपातिक प्रणालीबाट आएका हुन्। यी सांसदहरूले आफ्नो दलको नेता चयन गर्नेछन्।
दलको नेताका लागि भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यले दाबी प्रस्तुत गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे