
काठमाडौं । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकविरुद्ध व्यापक कारबाही गरिएको छ। पछिल्लो २४ घण्टाको अवधिमा तीन हजार पाँच सय एक जना चालक कारबाहीमा परेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाउने ७७, सवारीको अवस्था ठीक नभएका ६९, रातो बत्ती उल्लङ्घन गर्ने १५८, तीव्र गतिमा सवारी चलाउने ८९, लेन उल्लङ्घन गर्ने १७२, ढोका खुल्ला राख्ने ५७, अनावश्यक हर्न बजाउने ७७, यात्रु ओराल्ने–चढाउने क्रममा नियम उल्लङ्घन गर्ने ५५ तथा अन्य विभिन्न कसुरमा दुई हजार सात सय ४७ जना चालक कारबाहीमा परेका हुन्।
प्रवक्ता सुवेदीले पछिल्लो २४ घण्टामा गरिएको कारबाहीबाट कुल २५ लाख १५ हजार पाँच सय एक रुपैयाँ राजस्व संकलन भएको जानकारी दिएका छन्। ट्राफिक प्रहरीले सडक सुरक्षालाई सुदृढ बनाउन तथा नियम पालनामा कडाइ गर्न यस्ता निगरानी र कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे