
काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिन आगामी जेठ ४ गतेसम्म दैनिक सात घण्टा सञ्चालन बन्द गरिने भएको छ।
विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीका अनुसार धावनमार्गसँग जोडिएको ट्याक्सी मार्ग क्षेत्रमा भइरहेको सतह निर्माण कार्यका कारण हरेक राति ११:४५ देखि बिहान ६:३० बजेसम्म उडान तथा अवतरण पूर्ण रूपमा रोकिनेछ।
निर्माण कार्यको तीव्रता र हवाई सुरक्षालाई प्राथमिकतामा राख्दै रातको समयमा विमानस्थल बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।
विमानस्थल कार्यालयले जारी गरेको सूचनामा निर्माणलाई समयमै सम्पन्न गर्न यस्तो व्यवस्था गरिएको उल्लेख गर्दै यसबाट पर्न सक्ने असर न्यूनीकरण गर्न आवश्यकताअनुसार उडान तथा अवतरणको कार्यतालिका पुनःनिर्धारण गर्न हवाई सेवा प्रदायक संस्थाहरूलाई अनुरोध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे