
काठमाडौं । अहिले नेपालमा सामान्य मौसम परिवर्तन देखिएको छ। पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने तराईका धेरै ठाउँमा मौसम खुला छ।
आज दिउँसो कोशी प्रदेशका पहाड र हिमाल क्षेत्रमा बढी बादल लाग्नेछ भने अन्य पहाडी क्षेत्रमा आंशिक बादल रहनेछ। केही ठाउँमा हल्का पानी पर्नुका साथै मेघगर्जन र चट्याङ पनि पर्न सक्छ। हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका केही तराई क्षेत्रमा हावाहुरी चल्न सक्छ।
आज राति पनि हिमाली क्षेत्रमा बादल रहनेछ भने पहाडमा आंशिक बादल र तराईमा मौसम खुला रहनेछ। केही हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्ने मौसम विभागले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे