
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को संसदीय दलको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ। बैठकमा आज हुने उपसभामुखको चुनावबारे मुख्य रूपमा छलफल गरिनेछ। रास्वपाले श्रम संस्कृति पार्टीकी रुबी ठाकुरलाई समर्थन गरेको छ, जसका कारण उनी उपसभामुखको प्रमुख दाबेदार बनेकी छन्।
अर्कोतर्फ, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले सरस्वती लामालाई उम्मेदवार बनाएको छ। आज दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभा बैठकमा उपसभामुखको निर्वाचन हुने तय छ। प्रतिनिधि सभामा रास्वपाको धेरै सिट भएकाले उसले समर्थन गरेकी रुबी ठाकुर नै जित्ने सम्भावना धेरै रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे