
काठमाडौं । भेप (विद्युतीय चुरोट) भित्र सुन लुकाएर तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरासहित केही व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियारले महरा, उनका छोरा राहुल महरा र सहसचिव अरुण पोखरेललाई प्रतिवादी बनाएर करिब ७ करोड रुपैयाँ बराबरको बिगो दाबी गरेको छ। उनीहरूले चिनियाँ समूहसँग मिलेर भेपमार्फत सुन नेपाल ल्याउन सहयोग गरेको आरोप छ।
यसअघि प्रहरीले अनुसन्धान गर्दा महरालाई पक्राउ गरेको भए पनि केही दिनमै छाडिएको थियो। तर पछिल्लो अनुसन्धानमा उनीहरूबीच धेरै पटक फोन सम्पर्क भएको देखिएको छ।
यस घटनामा अन्य केही उच्च व्यक्तिहरूको नाम पनि जोडिँदै आएको छ र थप अनुसन्धान जारी रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे