
काठमाण्डौ। शेरबहादुर देउवा दम्पत्तीविरुद्ध पक्राउ पूर्जी जारी, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान हुने उपचारका लागि हङकङमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वपरराष्ट्र मन्त्री आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर देउवा दम्पत्तीलाई सम्पत्ति शुद्धीकरण प्रकरणमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेको हो।
जेनजी आन्दोलनका क्रममा देउवा दम्पत्तीको घरमा भएको आगजनी र तोडफोडसँगै पैसा भेटिएको भिडियोहरु सार्वजनिक भएको थियो। यो पैसा कहाँबाट आयो र कसरी जम्मा भयो? भन्ने विषयलाई लिएर केही समय अघिदेखि सम्पत्तीमाथि छानविन गर्न दबाब बढिरहेको बेला पक्राउ पुर्जी जारी भएको हो।
केही समयअघि पूर्वउर्जामन्त्री दीपक खड्कालाई पनि पक्राउ गरी सम्पत्ती शुद्धीकरणसम्बन्धी छानविन गरिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे