
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले पोखराको फेवाताल किनारको जग्गा प्रकरणमा आफू नै ठगिएको बताएका छन्। उनका अनुसार, जग्गा लिँदा वास्तविक जानकारी लुकाएर आफूहरूलाई झुक्याइएको थियो।
करिब ८–१० वर्षअघि उनले अन्य दुई साझेदारसँग मिलेर ‘एड्भेन्चर स्पोर्ट्स नेपाल’ सञ्चालन गर्ने योजना बनाएका थिए। त्यसका लागि फेवाताल किनारको जग्गा भाडामा लिएको थियो। तर जग्गाधनीले उक्त जमिन ६५ मिटरको मापदण्डभित्र नपर्ने भन्दै गलत जानकारी दिएको गुरुङको भनाइ छ। पछि नगरपालिकाबाट बुझ्दा त्यो जग्गा मापदण्डभित्रै पर्ने थाहा भएको उनले बताए।
यो कुरा थाहा पाएपछि आफूहरूले तुरुन्तै काम रोकेको र थप लगानी नगरेको उनले स्पष्ट पारे। उनले यसलाई आफूहरूमाथि भएको ठगी भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
अब यो विषयमा कानुनी उपचार खोज्ने तयारी भइरहेको उनले बताएका छन्। साथै, यो प्रकरणबारे सत्य कुरा सार्वजनिक गर्न र न्यायका लागि अगाडि बढ्ने उनको भनाइ छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे