
काठमाडौँ । आज संघीय संसद्का दुवै सदन—प्रतिनिधि सभा र राष्ट्रिय सभा—को बैठक बस्दैछ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ। यस बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। यी अध्यादेशहरू मतदाता नामावली, प्रतिनिधि सभा निर्वाचन र विशेष सेवासम्बन्धी छन्।
उता राष्ट्रिय सभाको बैठक भने दिउँसो १२:१५ बजे बस्नेछ। बैठकमा प्रेमप्रसाद दंगालले लिलाकुमारी भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष बनाउने प्रस्ताव राख्नेछन्। यसैगरी, प्रधानमन्त्री बालेन्द्र शाहले मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पनि संसदमा पेश गर्ने कार्यक्रम रहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे