
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरूङलाई फेवातालको २० रोपनी जग्गाबारे स्पष्ट पार्न आग्रह गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गृहमन्त्रीलाई सार्वजनिक रूपमा यस विषयमा बोलेर सत्य कुरा जनतामाझ ल्याउन सुझाव दिएका हुन्। उनका अनुसार, गृहमन्त्रीले पछिल्लो समय गलत काम गर्नेहरूलाई पक्राउ गरेर राम्रो काम गरिरहेका छन्, जसका लागि उनले धन्यवाद पनि दिएका छन्।
तर उनले आफूले पहिले उठाएका केही मुद्दाहरू नबिर्सन आग्रह गरेका छन्, जस्तै—आन्दोलनका सबै दोषीलाई कारबाही गर्ने र अन्य विवादित घटनामा पनि न्याय दिलाउने।
हर्क साम्पाङले विशेषगरी फेवातालमा २० रोपनी जग्गा गृहमन्त्रीको नाममा रहेको भन्ने खबरले जनतामा शंका पैदा गरेको बताएका छन्। त्यसैले यो विषयमा स्पष्ट जानकारी दिन प्रेस सम्मेलन गर्न सुझाव दिएका छन्।
उनका अनुसार, यदि यस्ता विषयमा स्पष्ट जवाफ नदिइए जनताले विश्वास गर्न छाड्ने र नेताको छवि बिग्रिने खतरा हुन्छ। उनले पारदर्शिता अपनाउन आग्रह गर्दै भविष्यमा राम्रो कामका लागि बधाइ दिन चाहेको बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे