
काठमाडौँ । सरकारले अब शनिबार र आइतबार सबै सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले यो निर्णय गरेको हो। बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । यो निर्णय चैत २३ गतेदेखि लागू हुनेछ।
सरकारी कार्यालयको कामको समय बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म रहनेछ। यसपछि कर्मचारी र विद्यार्थीले शनिबार र आइतबार घरमै आराम गर्ने र कार्यालय तथा विद्यालय खुला हुने समय नियमित रहने जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे