
काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको विषयमा दायर बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ।
यसअघि अदालतले सरकारसँग कारण मागेको थियो र अहिले सरकार पक्षले लिखित जवाफ बुझाइसकेको छ, त्यसैले आज मुद्दा अघि बढ्न लागेको हो। सरकारले भदौ २३ र २४ का घटनाबारे बनेको आयोगको प्रतिवेदनका आधारमा चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो।
पक्राउ गैरकानुनी भएको भन्दै दुवैले चैत १५ गते अदालत पुगेका थिए। उनीहरूका परिवारले पनि थुनामा राख्नु गलत भएको दाबी गर्दै रिहाइको माग गरेका छन्। अब अदालतले पक्राउ ठीक थियो कि थिएन भन्नेबारे निर्णय गर्नेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे