
काठमाडौँ । सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु हुनु अघि विद्यार्थी भर्ना नगर्न सरकार तथा सम्बन्धित निकायहरूलाई अन्तरिम आदेश जारी गरेको छ। आदेश विशेषगरी त्यस्ता विद्यालयहरूमा लागू हुने गरी आएको हो, जसले शैक्षिक सत्र सुरु नभए पनि प्रवेश परीक्षा सञ्चालन गरी भर्ना प्रक्रिया अघि बढाएका थिए।
यसअघि दर्ता गरिएको रिट निवेदनमा केही विद्यालयहरूले प्रचलित शिक्षा सम्बन्धी नियमावली विपरीत विद्यार्थी भर्ना गरिरहेको विषय उठाइएको थियो। सोही सन्दर्भमा अदालतले प्रारम्भिक सुनुवाइ गर्दै यस्ता गतिविधि रोक्न आवश्यक ठहर गरेको हो।
अदालतले शिक्षा सम्बन्धी प्रचलित कानुन र नियमावलीको पूर्ण पालना गर्न स्पष्ट निर्देशन दिँदै शैक्षिक सत्र सुरु भएपछि मात्र विधिसम्मत रूपमा भर्ना प्रक्रिया अघि बढाउनुपर्ने उल्लेख गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे