
काठमाडौँ — नेपाल टेलिकमले निकट भविष्यमा आफ्नो थ्रीजी सेवा क्रमिक रूपमा बन्द गर्दै फोरजी सेवामा रूपान्तरण गर्ने कार्य तीव्र बनाएको छ। यस योजना अनुसार थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकहरूलाई भ्वाइस कल तथा एसएमएस मार्फत सिम परिवर्तनको जानकारी दिइएको छ।
ग्राहकहरूले आफ्नो पुरानो सिम निःशुल्क फोरजी सिममा रूपान्तरण गर्न सक्नेछन्। रूपान्तरणका लागि ग्राहकले नजिकको दूरसञ्चार कार्यालयमा गएर नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा अन्य आधिकारिक परिचयपत्र देखाएर नयाँ फोरजी सिम लिन सक्नेछन्।
नेपाल टेलिकमका अनुसार, फोरजी सिम प्रयोग गर्दा मोबाइल इन्टरनेटको गति र सेवाको गुणस्तरमा उल्लेखनीय सुधार हुनेछ। यसबाट ग्राहकलाई उच्च गुणस्तरको भ्वाइस र डाटा सेवा उपलब्ध हुनेछ। साथै, आफ्नो सिम फोरजी प्रविधिको हो कि होइन भन्ने जाँचका लागि *444# डायल गर्न सकिन्छ।
कम्पनीले ग्राहकलाई सुविधा पुर्याउन थ्रीजीबाट फोरजीमा रूपान्तरणको प्रक्रिया सजिलो र छिटो बनाएको छ। फोरजीमा रूपान्तरण भएपछि उच्च गुणस्तरको भोल्टेज भ्वाइस सेवा समेत सहजै प्रयोग गर्न सकिनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे