
काठमाडौं । आज प्रतिनिधिसभामा रहेका सबै राजनीतिक दलहरूको बैठक बस्ने भएको छ। संघीय संसद् सचिवालयले दिउँसो २ बजेका लागि बैठक बोलाएको हो। यो बैठकमा संसदमा प्रतिनिधित्व गर्ने ६ वटा दल सहभागी हुनेछन्।
राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने छन्। बैठकमा अब संसदलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरिनेछ। साथै, भोलिका लागि प्रतिनिधिसभाको बैठक पनि बोलाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे