
काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विभिन्न प्रदेशका सांसदहरूसँग चरणबद्ध रूपमा छलफल सुरु गरेका छन्। सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेपछि उनले कर्णाली प्रदेशका सांसदहरूसँग प्रारम्भिक छलफल गरेका थिए भने त्यसपछि कोशी प्रदेशका सांसदहरूसँग पनि संवाद गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आजै अन्य प्रदेशका सांसदहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय गरिएको छ। यसअघि आइतबार प्रधानमन्त्री शाहले आफ्ना मन्त्रीहरूसँग व्यक्तिगत रूपमा छलफल गर्दै काममा स्पष्टता र सक्रियता देखाउन निर्देशन दिएका थिए।
यता, कोशी प्रदेशका सांसदहरूसँगको छलफलमा भने हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले बहिष्कार गरेको छ। संसद्को बैठकमै हुनुपर्ने बहसलाई कोठाभित्र सीमित गर्न खोजिएको आरोप लगाउँदै उक्त पार्टीले बैठकमा सहभागी नहुने निर्णय गरेको हो।
पार्टी अध्यक्ष हर्क साम्पाङले संसद् बैठक नबोलाई गरिने यस्ता छलफलमा सहभागी नहुने स्पष्ट पारेका छन्। उनले नियमित रूपमा संसद् बैठक बोलाउनुपर्ने र जनतासँग सम्बन्धित प्रश्नहरूबाट सरकार भाग्न नपाउने धारणा सार्वजनिक गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे