
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार दिएको एक अन्तर्वार्तामा इरानको खार्ग टापु सजिलै नियन्त्रणमा लिन सकिने बताएका छन्।
खार्ग टापु इरानको पश्चिमी तटमा रहेको महत्त्वपूर्ण तेल निकासी केन्द्र हो। अमेरिकी रक्षा निकायले यस क्षेत्रमा ध्यान दिएको बताइएको छ, तर अमेरिका ठूलो सैन्य आक्रमण गर्न चाहँदैन भन्ने पनि खबर छ।
ट्रम्पले इरानसँग बलियो रक्षा नभएको दाबी गर्दै चाहियो भने सजिलै टापु कब्जा गर्न सकिने बताएका छन्। उनले इरानको तेल लिन सकिने कुरा पनि उठाएका छन्, तर अमेरिकाभित्रै केही मानिसले यस्तो कदमको विरोध गरिरहेको उनले बताएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे