
काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संघीय संसद् सचिवालयको नयाँ हलमा आयोजित कार्यक्रममा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सबै सांसदलाई शपथ गराउनुभयो। यसअघि उहाँले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष बुधबार नै शपथ लिएका हुन्। संविधानअनुसार सांसदहरूले आफ्नो काम सुरु गर्नुअघि अनिवार्य रूपमा शपथ लिनुपर्ने व्यवस्था छ।
फागुन २१ गते भएको निर्वाचनमा विभिन्न दलहरूले सिट जितेका छन्। जसमा रास्वपाले १८२, नेपाली कांग्रेसले ३८, एमालेले २५, नेकपाले १७, श्रम संस्कृति पार्टीले ७ र राप्रपाले ५ सिट प्राप्त गरेका छन्। अब शपथपछि सांसदहरूले औपचारिक रूपमा काम सुरु गर्ने छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे