
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज दिउँसो ४ बजे केन्द्रीय समिति बैठक राखेको छ। यो बैठकमा पार्टीको संसदीय दलको नेता छानिनेछ। पार्टीले बालेन्द्र शाह लाई संसदीय दलको नेता बनाउने तयारी गरेको छ। त्यसका लागि आवश्यक परे पार्टीको विधान पनि परिवर्तन गर्ने योजना बनाइएको छ।
संसदीय दलको नेता छानेपछि, पार्टीले सरकार गठनका लागि राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको रूपमा शाहको नाम पठाउने तयारी गरेको छ। यदि आजै नेता चयन भयो भने, भोलि शुक्रबार बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिने सम्भावना छ। यसअघि फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले १८२ सिट जितेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे