
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेता चयनबारे निर्णय गर्न बिहीबार केन्द्रीय समिति बैठक बस्ने भएको छ। प्रतिनिधिसभा सदस्यहरूको शपथ समारोह यही चैत १२ गते अपराह्न २ बजे हुने छ। त्यसै दिन दिउँसो ४ बजे रास्वपाले आफ्नै संसदीय दलको नेता चयनको विषयमा बैठक बोलाएको हो।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने पार्टी प्रवक्ता मनिष झालेले जानकारी दिए। सवै केन्द्रीय सदस्यको अनिवार्य उपस्थितिका लागि निर्देशन गरिएको बैठकमा संसदीय दलको नेता चयनसम्बन्धी साथै अन्य विविध विषयमा छलफल हुने बताइएको छ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिटमा जीत हासिल गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे