
काठमाडौँ । मध्यपूर्वमा भइरहेको तनाव र युद्धका कारण खाडी क्षेत्रका केही देशहरूले आफ्ना नागरिकलाई सतर्क रहन सूचना दिएका छन्। बहराइन, संयुक्त अरब इमिरेट्स ९यूएई० र कुवेतले इरानबाट मिसाइल र ड्रोन आक्रमणको सम्भावना देखिएको भन्दै चेतावनी दिएका हुन्।
बहराइनको गृह मन्त्रालयले सायरन बजाएर नागरिकलाई सावधान गराएको छ। त्यहाँका नागरिकलाई शान्त रहन र नजिकको सुरक्षित स्थानमा बस्न भनिएको छ। साथै, आधिकारिक सूचनामात्र विश्वास गर्न पनि आग्रह गरिएको छ।
त्यस्तै यूएईले आफ्नो हवाई सुरक्षा प्रणाली ९एयर डिफेन्स० सक्रिय पारेर सम्भावित आक्रमण रोक्ने प्रयास गरिरहेको जनाएको छ। त्यहाँ सुनिएका ठूलो आवाजहरू पनि मिसाइल र ड्रोनलाई रोक्ने क्रममा आएको बताइएको छ।
उता कुवेतले पनि आफ्नो सुरक्षा प्रणाली तयार अवस्थामा राखेको छ। कुवेतका सेनाले आक्रमणलाई रोक्ने क्रममा विस्फोटजस्ता आवाज सुनिएको जनाएको छ। ती सबै देशहरूले आफ्ना नागरिकलाई सरकारी निकायबाट जारी गरिएका सुरक्षा निर्देशनहरू पालना गर्न र अनावश्यक डर नमान्न आग्रह गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे